उपेन्द्र यादव सप्तरी–२ बाट चुनाव लड्ने, यी हुन् मधेशमा जसपाका १२ उम्मेदवार ! Khoj Talash Khabar

 

 

जनता समाजवादी पार्टीले मधेश प्रदेशमा अहिले सम्म कुल १२ सीटमा टिकट टुङ्गो लगाएको छ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार अध्यक्ष उपेन्द्र यादवले सप्तरी-२ बाट टिकट पाएका छन्।

सिरहा- २ मा राजकिशोर यादव, सिरहा-४ मा विरेन्द्र महतो, धनुषा-१ मा दीपक कार्की, धनुषा-२ मा गंगाराम यादवले टिकट पाएका छन्।

त्यसैगरी धनुषा-४ मा महाजन यादव, सर्लाही-१ मा प्रमोद साह, सर्लाही-४ मा राकेश मिश्रले टिकट पाएका छन्। मिश्र यस अघि लोसपामा आवद्ध थिए।

लोसपाले उनलाई टिकट नदिने भएपछि उनी जसपाबाट टिकट पाएका छन्।

बारा-२ मा राम सहाय प्रसाद यादव, बारा-३ मा रामबाबु कुमार यादव, पर्सा-१ मा प्रदिप यादव, पर्सा-२ मा सुरेन्द्र कुर्मीले टिकट पाएका छन्। सुमनका अनुसार सप्तरी-१ र ४ मा अहिलेसम्म कसलाई टिकट दिने हो भन्ने टुङ्गो लाग्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार