विकासका लागि मेरो उमेदवारी :- पूर्व मंत्री मिश्र

 

असोज, २३

कपिलवस्तु जिल्ला लगायत देशभर आज प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि उमेदवारी दिनेको भिड भाड देख्न सकिन्छl

 

जनता प्रगतिशील पार्टी बाट कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधि सभामा जनता प्रगतिशील पार्टी नेपालका महासचिव तथा पूर्व मंत्री समेत रहेका ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले मनोनयन उमेदवारी दर्ता गराएका छन् l कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ ख बाट प्रदेश सभा सदस्यमा मिर्जा राशिद बेगले निर्वाचनको क्षेत्रीय कार्यालय रहेको चन्द्रौटामा मनोनयन उम्मेदवारी दर्ता गरेका छन ।

 

मिर्जा तथा मिश्रले समर्थकका साथ निस्किएको रैली सहित निर्वाचनको क्षेत्रिए कार्यालय चन्द्रौटामा उम्मेदवारी दर्ता गरेका छन् l

मिश्र मंत्री भएको बेला क्षेत्र तथा जिल्लामा विकास गरेका र उहां पछि हारे पनि क्षेत्रमा करोडौं को बजेट ल्याउन सक्रिय भूमिका निर्वाह गरेकाले उहां एक विकास प्रेमी नेता रहेको क्षेत्रवासिको भनाई रहेको छ साथै उहांलाई जनताको साथ र समर्थन रहने पार्टी समर्थक तथा शुभचिन्त हरूले बताए l

 

यता भने ३ ख प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका मिर्जा राशिद बेग नेकपा एमाले कृष्णनगर नगर सचिवालय सदस्य तथा राष्ट्रीय युवा संघ कृष्णनगर अध्यक्ष रहेका थिए तर उनी स्थानीय तहको चुनावमा मेयरको टिकट माग्दा प्रदेश सभा सदस्यमा टिकट पाउने पार्टी अग्र पंक्तिको आश्वासन पाए पश्चात पछि हटेका थिए तर फेरि पार्टीले टिकट न दिए पछि आफू जनता प्रगतिशील पार्टी नेपाल रोजेर जनताको सेवा गर्ने मौका जनताले दिने विश्वासका साथ चुनावमा सहभागी भएको बताए l

उक्त उम्मेदवारी दर्तामा जनता प्रगतिशील पार्टी नेपालको वडा कमिटी, नगर कमिटी, क्षेत्रीए कमिटी, जिल्ला कमिटी का पदाधिकारी हरु, पार्टी समर्थक, शुभचिंतक लगायतका नेताहरुको उपस्थितिमा चनद्रौटामा रैली समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार