उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायमसिंह यादवको निधन ! Khoj Talash Khabar

काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायमसिंह यादवको निधन भएको छ । समाजवादी पार्टीले ट्वीट गर्दै आफ्ना संस्थापक नेताको ८२ वर्षको उमेरमा निधन भएको जनाएको छ ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार उनको एक हप्तादेखि हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा निधन भएको हो ।

 

सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका उनले ३ पटक प्रदेशको नेतृत्व गरेका थिए । उनको निधनप्रति भारतका अन्य नेताहरुले शोक व्यक्त गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार