४ करोड ८६ लाख कित्ता सेयर निष्कासन गर्दै २० जलविद्युत कम्पनी ! Khoj Talash Khabar

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत ५८ जलविद्युत कम्पनीमध्ये २० कम्पनीले करिब ४ करोड ८६ लाख कित्ता सेयर निष्कासन गर्न लागेका छन् । कम्पनीहरूले निर्माणाधीन र निर्माण सम्पन्न जलविद्युत आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।

यी कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदक कम्पनीले ४ करोड ८६ लाख ६६ हजार ७ सय ५१ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।

सेयर निष्कासनको तयारी गरिरहेको कम्पनीमध्ये सबै भन्दा बढी सानीमा मिडिल तमोर हाइड्रो पावर लिमिटेडको रहेको छ । यो कम्पनीले ८३ लाख ३१ हजार २ सय ५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

यस्तै, ओखलढुङ्गामा ७ मेगावाटको मोलुङ खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको मोलुङ हाइड्रो पावर लिमिटेडले ३५ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । यो कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न

 

प्रतिक्रिया

सम्बन्धित समाचार