भगवानपुर गाउँपालिका-१ मा रमेन कुमार मण्डलको व्यापक चर्चा

लहान २१ बैशाख – बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा भगवानपुर गाउँपालिका वाडा नम्बर १ बाट बहुजन शक्ति पार्टी नेपाल निकट वाडा अध्यक्ष पदमा मण्डलले मनोनयन दर्ता गराएका हुन्। उनी पालिकाको सबै उमेदवार भन्दा शैक्षिक दलित युवा हुन्।
मण्डल समाजको लोकप्रिय युवा बौद्धिक समाजिक ब्यक्ती हुन्।उनी निरन्तर समाजसंग जोडीएका ब्यक्ती भएको नाताले जनताले नै उनलाई उत्साहित गरेर उमेदवार बनाएका हुन्।उनी सानै देखि समाजिक चिन्तन बोकेका युवा हुन्। उनले समाजको बेतिथीलाई अन्त, र प्रास्त गर्न शिक्षकको जागिर छोडेर राजनीतिमा लगेका हुन्।
आफनो उमेदवारी समाज रुपान्तरणको लागि हुने र बिकास र समृद्ध समाजको लागी रहने उनले बताए। शिक्षा स्वास्थ र कृषिमा विशेष जोड दिने बताए।जनताले प्रोत्साहित गर्दा उनी चुनावी प्रतिस्पर्धा आएका हुन्।उनी अघिल्लो चुनावमा पालिका अध्यक्ष पदको लागि चुनाबमा उठेका थिए।
आफू चुनावमा सफल भयो भने शिक्षा स्वास्थमा विशेष जोड दिने र बिकास निर्माणमा गति ल्याउने उनले प्रतिबद्धता व्यक्त गर्नु भयो। उनी समाजमा निकै लोकप्रिय उमेदवार रहेका हुन्।

प्रतिक्रिया

सम्बन्धित समाचार