काठमाण्डौंः लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालको दोस्रो क्याविनेट मिटिङ यही कार्तिक ४ र ५ गते शुक्रबार र शनिबार पोखरामा हुने भएको छ । नेपालमा रहेका विभिन्न १५ वटा डिष्ट्रिक्टमध्य निकै नै चलायमान र प्रभावशाली मानिएको यो डिष्ट्रिक्टको दोस्रो क्याविनेट मिटिङ आगामी कार्तिक ४ र ५ गते पर्यटकिय शहर पोखरामा हुने भएको हो ।
दोस्रो क्याविनेट मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका करीव १ हजार २ सय लायन्स सदस्यहरुको सहभागिता रहने अनुमान गरिएको छ । प्रि-रजिस्ट्रेशनको समय अवधि आश्विन २८ गते राति १२ बजे सम्म तोकिएको छ । आज मंगलबार दिउँसोसम्म करिब २०० भन्दा बढी लायन्सले सहभागी हुन नाम दर्ता गराइसकेको समेत रजिष्ट्रेशन कमिटीले जानकारी दिएको छ ।
डिष्ट्रिक्ट ३२५ के नेपालको यस पटकको दोस्रो क्यविनेट मिटिङ ऐतिहासिक हुने डिष्ट्रिक्ट गभर्नर लायन राजेन्द्र कुमार बाटाजुले बताउनुभयो । दुई दिनसम्म सञ्चालन हुने क्याविनेट मिटिङमा पिडिजीहरु, क्याविनेटका सिनियर साथीहरु, क्लवका अध्यक्ष र पदाधिकारी गरी १२ सय लायन्स प्रतिनिधीहरुकाे सहभागीता रहने अपेक्षा गरिएको गर्भनर बाटाजुले बताउनुभयो ।
पोखराको माटेपानी स्थित एस. आर. केसी. बेन्क्यूईटमा हुने मिटिङमा डिष्ट्रिक्ट अन्तर्गतका १ सय ६३ वटा क्लबबाट करिव १ हजार २ सय भन्दा बढीको हाराहारीमा लायन सदस्यको सहभागी हुने डिष्ट्रिक्टका क्याबिनेट मिटिङ मूल आयोजक समितिका संयोजक लायन बसन्त गिरिले जानकारी दिनु भएको छ । संयोजक गिरिले दिनुभएको जानकारी अनुसार मिटिङमा सहभागिता जनाउनको लागि प्रि-रजिष्ट्रेशन गराउने क्रम बढ्ने क्रम जारी रहेको छ ।
क्याविनेट बैठक भब्य रुपमा सम्पन्न गर्न रजिस्ट्रेशनका लागि बागमती एरिया संयोजकमा लायन शैलेन्द्र दाहाल (District एड्मिनिस्टेटर बाग्मति), बागलुङ एरिया संयोजकमा लायन दुर्गा कुँवर (एशिस्टेन्ट चिफ एड्भाइजर), पर्वत एरिया संयोजकमा लायन बिशम् कुमार श्रेष्ठ (एशिस्टेन्ट चिफ एड्भाइजर) र गण्डकी एरिया संयोजकमा लायन टिकाराम सुबेदि (रिजन चेयर पर्सन) लाई जिम्मेवारी तोकिएको क्याबिनेट मिटिङ मूल आयोजक समितिका सह-संयोजक लायन कल्पना श्रेष्ठले बताउनुभयो ।
यसैगरी सम्बन्धित क्षेत्रका रिजोन, जोन तथा क्लबका अध्यक्ष, पूर्वअध्यक्षहरु एवं पदाधिकारीलाई क्याबिनेट मिटिङ मूल आयोजक समितिको सदस्यमा मनोनयन गरिएको छ । संयोजक रहेका बिभिन्न उप-समितिहरुले आ-आफना जिम्मेवारी अनुसारको कामलाई तिब्र रुपमा अगाडि बढाएका छन् ।
उपसमितिहरुले क्याविनेट मिटिङ्सँगै सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरी स्वागत सत्कार एवं सम्मान लगायतका कार्यहरू अत्यन्त सजकतासाथ गर्ने निर्णयहरु भएका समितिका संयोजक गिरिले जानकारी दिनु भयो ।
यसैगरी, हल तथा स्टेज व्यवस्थापन उपसमिति, रजिष्ट्रेशन उपसमिति, किट व्यवस्थापन उपसमिति, खाना तथा खाजा (भोजन) व्यवस्थापन उपसमिति, होटल (आवास) व्यवस्थापन उपसमिति, अतिथि सत्कार ब्यबस्थापन उपसमिति, स्वागत ब्यवस्थापन उपसिमित, सांस्कृतिक एवं मनोरंजन उपसमिति लगाएतका बिभिन्न उप समिति क्रियासिल रहेको मुल आयोजक समितिका संयोजक गिरिले जानकारी गराउनु भयो ।
यसैगरी दोस्रो क्याविनेट मिटिङको होस्ट क्लबका रुपमा विभिन्न आठवटा क्लबहरुले जिम्मेवारी पाएका छन् । लायन्स क्लब अफ पोखरा पिस चौतारी, लायन्स क्लब अफ पोखरा आँगन, लायन्स क्लब अफ पोखरा युनिटी चौतारी, लायन्स क्लब अफ पोखरा सम्बृद्धी, लायन्स क्लब अफ पोखरा माउन्टेन भ्यूसिटी, लायन्स क्लब अफ पोखरा कुमुद, लायन्स क्लब अफ पोखरा ग्यालेक्सी र लायन्स क्लब अफ पोखरा डाईनामिक रहेका छन् ।
पोखरामा हुन गईरहेको दोस्रो क्याविनेट मिटिङले पोखराको प्रवर्दन गर्ने माध्यमको रुपमा पनि लायन्सले उपयोग गर्ने डिष्ट्रिक्ट ३२५ के नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर सुचित्रा थापाले जानकारी दिनुभयो ।
दोस्रो क्याविनेट बैंठकमा लायन्सले कार्यकाल सुरू गरेपछि सम्पादन गरेका कामको समिक्षा गर्दै आगामी एजेण्डाका विषयमा छलफल हुने गर्छ । प्रत्येक तिन/तिन महिनाको अन्तरालमा बर्षभरी हुने चारवटा क्याविनेट बैंठक मध्ये पोखरामा आयोजना गर्न लागिएको यो दोस्रो बैंठक विजनेश बैंठकको रुपमा रहेको छ । बैठकमा अन्तराष्ट्रिय स्तरमा लैजाने एजेण्डाका विषयमा पनि छलफल हुने प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर थापाले बताउनुभयो ।
प्रतिक्रिया