त्रिदेशिय टी–२० सिरिजः बंगलादेशलाई हराउँदै न्युजिल्याण्ड फाइनलमा ! Khoj Talash Khabar

काठमाण्डौः घरेलु टोली न्युजिल्याण्ड त्रिदेशिय टि–२०अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा स्थान बनाएको छ । उसले आजसम्म समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशलाई ४८ रनले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । ​

न्युजिल्याण्डको यो जितसँगै पाकिस्तानले पनि फाइनलमा स्थान सुरक्षित गर्दा बंगलादेश भने बाहिरिएको छ । २०९ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । बंगलादेशका कप्तान सकिब अल हसनले ४४ बलमा ८ छक्का र १ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए ।​

लिटन दास र सौम्य सरकार २३–२३ तथा नजमुल सान्टोले ११ रन बनाए । न्युजिल्याण्का लागि  एडम मिल्नेले ३ विकेटकप्तान टिम साउदी र माइकल ब्रेसवेलले  २–२विकेट लिए ।

त्यसअघि क्राइस्टचर्चस्थित हेल्गी ओभरमा टस हारेर रोजेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ ०८ रन बनाएको थियो । उसका लागि डिभोन कन्वे ४० बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रन बनाए । ​

ग्लेन फिलिप्सले २४ बलमा चौका ५ छक्कासहित र २ चौका सहित ६० रनको अर्धशतकीय पारी खेले । मार्टिन गुप्टिलले ३४ र फिन एलेनले ३२ जाडे ।  बंगलादेशका लागि मोहम्मद सौफुद्दिन र इबादत हसनले २–२ तथा  सोरिफुल स्लामले १ विकेट लिए ।

न्युजिल्याण्ड ४ खेलमा ३ मा जित र १ हारसहित ६ अंकका साथ शीर्ष स्थानमा रहँदा पाकिस्तान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।

बंगलादेश ३ खेलमा जित विहीन हुँदै पुछारमा छ । समूह चरणको अन्तिम खेलमा बंगलादेश र पाकिस्तानबीच बिहीबार खेल हुनेछ । फाइनलमा शुक्रबार पाकिस्तान र न्युजिल्याण्डले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया