बर्दिया-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी रेशम चौधरीको उम्मेदवारी खारेज ! Khoj Talash Khabar

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।

 

कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका चौधरीको उम्मेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको हो ।

 

चौधरी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली-१ मा निर्वाचित भएका थिए । उनको उम्मेदवारी खारेज भएपछि उनले उम्मेदवारी दिएको क्षेत्रमा नाराबाजी सुरु भएको छ ।

 

यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको थियो।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार