चुनाव चिह्न ‘जिप` छाप पाए प्रदेश सभा सदस्य उम्मेदवार युवा रवि जयसवालले ।  Khoj Talash Khabar

 

चन्दन महतो रौतहट २६ गते

मधेस प्रदेश राैतहट निर्वाचन क्षेत्र नम्बर ४ ख को प्रदेश सभाको सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका यूवा नेता रवि जयसवालले ‘जिप’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार जयसवाललाई चुनाव चिन्ह जिप प्रदान गरेको हाे । बौद्धिक ,क्षमतावान र नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने युवा नेता जयसवाल सक्षम नेताका रुपमा परिचित छन् । देशभर अहिले परिवर्तनको लहर चलेको छ, हरेक क्षेत्रमा युवाको आकर्षण बढ्दो छ नेतृत्वमा समेत युवाहरुलाई तमाम जनताहरुले रुचाएका कारण अब नेतृत्व लिने पालो युवाका आएको नेता जयसवालको भनाई रहेको छ । जयसवाल अन्य नेता भन्दा नरम, शालिन स्वभावका रहेको र सबैलाई मिलाएर राख्ने नेता भएका कारण उनलाई जनताले धेरै रुचाउनेमा आशावादी छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार