तल्लाे लिखुकाे २८.१ मेगावाट विद्युत प्रवाह हुने १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु ! Khoj Talash Khabar

रामेछाप र ओखलढुंगाको सीमामा निर्माणाधीन तल्लो लिखु जलविद्युत आयोजनाको २८.१ मेगावाट विदुयत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न निर्माण गरिएको १३२ केभी प्रसारण लाइनको परीक्षण सुरु भएको छ । जलविद्युत आयोजनाको प्रवर्द्धक श्वेत–गंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निर्माण गरेको लाइनको परीक्षण सुरु भएको हो ।

 

बुधबार (असोज २६ गते) बाट विद्युतगृहदेखि लिखु तामाकोसी गाउँपालिको वडा ४, ५, ६, ७ र मन्थली नगरपालिकाको वडा नम्बर १२, १३ हुँदै नेपाल विद्युत प्राधिकरणको न्यू–खिम्ती सबस्टेसनसम्मको २३ किलाेमिटर लामाे १३२ केभी प्रसारण लाइनको  परीक्षण सुरु गरिएको कम्पनीले जनाएको छ ।

 

कम्पनीले लाइन परिक्षणको काम सुरु गरेकोले टावर तथा तारमुनी नगइदिन, पशुपंक्षि नछाड्न , छेउछाउमा अग्ला रुखहरू छ भने सम्पर्क व्यक्तिहरूलाई जानकारी गराउन अनुरोध गरेको छ ।

 

कम्पनीले रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु नदीमा निर्माण गरीरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको बाँध क्षेत्र, सुरुङको काम पूरा भएको छ । विद्युतगृहको सिभिल संरचनाको काम पूरा गरी इलेक्ट्रोमेकानिल उपकरण जडानको काम भइरहेको छ ।

 

आयोजना सम्पन्न गर्न कूल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागत अनुमान गरिएको छ  ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार