बरुण हाइड्रो पावर कम्पनीकाे सेयर बाँडफाँड !

संखुवासभा जिल्लाको हेवा खोलामा ४.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बरुण हाइड्रो पावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले संस्थापक तथा आफ्ना सेयरधनी सदस्यलाका लागि खुल्ला गरेको हकप्रद सेयर बिक्री प्रबन्धकमा रहेको आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असोज २६ गते सेयर बाँडफाँड गरेको हो ।

 

कम्पनीले  सय रुपैयाँ अंकित २६ करोड ७९ लाख ७ हजा ५ सय रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीका अनुसार सेयरधनीहरुका लागि १ सेयर बराबर १ः१ को अनुपातमा सेयर निष्कासन गरिएको हो ।

 

कम्पनीको संखुवासभामा २०६७ पौष ३० गते ४.५ मेगावाटको हेवा खोला जलविदुत आयोजना सम्पन्न गरी २०६८ साउन २१ गतेदेखि उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार