
नेकपा एमाले विजयनगर गाउँ कमिटीले बुधबार वडा नम्बर ५ मा घरदैलो अभियान सम्पन्न गरेको जनाएको छ । विजयनगर गाउँपालिकालाई एमालेमै बनाउने कार्यक्रमलाई निरञ्तरता दिएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका प्यानललाई विजयी बनाउनु पर्नेमा जोड दिएको छ । सयौँ कार्यकर्ता र जनताको सहभागितामा घरदैलो कार्यक्रम सम्पन्न गरिएको वडा कमिटीले जनाएको छ ।
विजयनगर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार गोपाल बहादुर थापाले विजयनगरमा नेकपा एमाले नेतृत्वको प्यानलले हरेक पुर्वाधारको विकास अब्बल काम गरेको बताउनुभएको छ । निवर्तमान अध्यक्षसमेत रहेका थापाले यस गाउँपालिकामा प्रदेशमै आफुले नमुना काम गरेको दाबी गर्नुभयो । उहाँले विजयनगरमा भएको चौतर्फी विकासले जनताले परिवर्तन भएको महसुस गरेको हुनाले एमालेप्रति जनताहरु उत्साहित भएको बताउनुभयो ।
उहाँले विजयनगलाई नमुना गाउँपालिका बनाउने अठोट रहेको बताउँदै सुर्य चिन्हमा मतदान गरि एमालेका प्यानललाई विजयी अपिल गर्नुभयो । थापाले देशलाई विकसित र समृद्ध बनाउनका लागि नेकपा एमालेको सरकार आवश्यक रहेको बताउँदै विजयनगरलाई सुन्दर र समुन्नत बनाउनका लागि फेरि पनि सुर्य चिन्हमा अमुल्य मत दिई विजयी अनुरोध गर्नुभयो ।
यस्तै उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मी कुमारी चौधरीले एमालेको सरकारलले जनतालाई ५ वर्षको कार्यकालमा अतुलनीय विकास गरेको बताउँदै फेरि पनि विजयनगरमा एमालेको नेतृत्व आवश्यक रहेको बताउनुभयो । उहाँले महिलाको हकअधिकार, उत्थान र स्वतन्त्रका लागि सराहनीय कार्य गरेको बताउनुभयो । उहाँले मतदातासँग भोट माग्दै जनताले परिवर्तन महसुस हुने गरि काम गर्ने र विजयनगरलाई नमुना गाउँपालिका बनाउने प्रतिबद्धतासमेत जनाउनुभयो ।
यस्तै वडा अध्यक्ष पदका उम्मेदवार अनवर मोहम्मद मुसलमानले जनताको माग र चाहना अनुसार वडामा विकास गरेको बताउनुभयो । उहाँले शिक्षा, सडक र कृषि लगायतको पुर्वाधारमा अब्बल काम गरेको बताउनुभयो । उहाँले जनतासँग मत माग्दै एमालेको प्यानललाई जिताउनुपर्नेमा जोड दिनुभयो । जनताका हरेक समस्यालाई मध्यनगर गर्दै वडालाई नमुना वडा बनाउनेसमेत बताउनुभयो
प्रतिक्रिया