जनताको आधारभुत आबस्यकता पुरा गर्न क्षेत्र न.४क मा उम्मेदवारी दिएको छु यादव ! Khoj Talash Khabar

नागेन्द्र कु यादव

महाेतरी :-

जनताको आधारभुत आवश्यता पुरा गर्नुपर्ने जिम्मा सरकार र जनप्रतिनिधीको रहेको हुँदाहुँदै यस क्षेत्रका चुनिएर जाने नेताहरु आफ्नो कर्तब्य बाट बिमुख भएको बेला जनता र देश बिकासका लागी आबस्यकता रहेको भन्दै महाेतरी क्षेत्र न.४क मा जसपा र एमालेकाे संयुक्त गठबन्धनमा एमालेकाे चुनाब चिन्ह लिएर उमेदवारी दिन जनताहरुलाइ लिएर यसपाली अगाडी बढेको छ ।

देश र जनताको बिकासका लागी सरकारी जागिर नगरी जनताकाे मात्र सेवा गर्ने सोचका साथ शिक्षा हासिल गर्ने सोच परिबर्तन गर्दै जनताको बिच गएर वहाँहरुको बास्तबिक पीडा , आबस्यकता र शिक्षा तथा स्वास्थ्यमा सहज पहुँचका लागी हामी जस्ता उच्च शिक्षा प्राप्त गरेका युवा पिढीको अगाडी बढनु पर्ने सोचका साथ यस क्षेत्रमा उमेदबारी गरेको महोत्तरी क्षेत्र नम्बर ४ क बाट प्रदेश साँसदमा उठेका पेसाले राजनेति भएपनि उहाँ नेपाली विषय लिएर पि एच डी गरि डाक्टरकाे उपाधि पाएका युवा रहेका सराेज कुमार यादव को भनाई छ

महाेतरी क्षेत्र न.४ख मा नभइ क मा उम्मेदवारी नै किन ? पत्रकारहरुको सबालमा जसपा र एमालेका संयुक्त उमेदबार यादवले भने सरकारी शिक्षण संस्था र स्वास्थ्य संस्था गुणस्तरीय कसले बनाई दिनु पर्ने हो ? यस क्षेत्रबाट पटक पटक चुनाब जितेर गएका नेताहरुले जनताका यी आधारभुत आवश्यता बारे सोचेन ।चुनाब जितेर गएपछि व्यक्तिगत विकासमा लागिहाल्छ र पुनः चुनाबकाे समयमा जनता ठगन गाउँ गाउँ पुगछ। यहाकाे जनताले पटक पटक नेपाली कांग्रसलाई चुनाव जिताउदा सम्म देशका जनताले आधारभुत अधिकार प्रयोग गर्न पाएका छैन ? । जनसेवा बाहेक अन्य स्वार्थ बोक्न पाउदैन । त्यसैले यस क्षेत्रमा जनताले मेराे उम्मेदवार चाहेको छ ।

गाउँदेखि शहरसम्म बस्ने प्रत्येक नेपालीलाई सम्मान अधिकार र पहुँचको बिस्तार गर्न मेराे उम्मेदवार चाहिएको छ । नोटमा भोट किन्न खोज्ने पुँजीबाद सोचलाई चिर्नका लागि मेराे नेतृत्व चाहिएको छ । दशकौं देखी जनतालाई लुटने व्यवस्था अन्त्य गर्नका लागी मेराे नेतृत्व चाहिएको छ । पदको लोभमा व्यक्तिको को गुलामि गर्ने प्रवृति निर्मुल पार्न मेराे नेतृत्व चाहिएको छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत बिषयका लागि पनि गर्नुपर्ने खर्च बचाउनलाई मेराे नेतृत्वको आवश्यकता छ ।

एक भोटका कारण पाउने पाँच बर्षे शास्तीलाई निर्मुल बनाउन इमानदार युवा उम्मेवारको खाँचो छ । बिगतमा बुवाले रोजेको पार्टी रोजियो अब छोराछोरीले रोजेको नेतृत्वमा बुवालाई गर्वीलो महसुस गराउन देशमा युवा र शिक्षित उम्मेदवार चाहिएको छ । युवा ,शिक्षित र नाँया साेच भएका उम्मेदवारलाई जनताले आफ्नो प्रभावमा बाधेर राख्छ । त्यसैले जनताको बिच काम गर्ने प्रतिनिधी छनोट गर्नका लागि युवा नेतृत्व चाहिएको छ । गाउँटोलको मुहार फेर्नका लागि नयाँ नेतृत्व नै चाहिन्छ । बिगतलाई पटक पटक देखेर हामी बुझिसक्यौं । जनताले सामान्य खान र लाउनलाई गरेको दुःख बुझ्न सक्ने नेतृत्व अहिले हामीलाई चाहिएको छ ,जो पहिला यहाबाट जितेका नेतृत्वले दिन सकेको छैन । त्यसैले यस क्षेत्रमा उमेदबारी दिएका छौ ।सराेज कुमार यादव अगाडी भन्छन् हामीलाई त्यही समाजका दुःख पीडा बुझेर परिवर्तनको लागी उमेदबारी दिएका छौ । समाजका तह तहमा बिद्यमान आधारभुत समस्याको अवाज उठाउन हामी जस्ता युवाकाे उम्मेदवारी चाहिएको छ । यस

क्षेत्रमा शुस्त बिकास संग क्रान्ति गनुपर्छ ।

गरिबी अनि असामानता विरुद्ध क्रान्ती लिने नेतृत्वको खोजी गर्नु जरुरी छ । त्यसैले अबको नेतृत्व युवा र शिक्षित उम्मेदवरलाई जिम्मा दिनु पर्दछ । त्यसैले त अहिलेका नेता जनता बीच बिधमान असामान्ताको खाल्डोलाई पुर्दै जनमतको महत्व र जनतागत देखाउनका लागि अब पुरानाे र सदियाै देखि विभिन्न बहानामा जितेका नेताका उमेदवारको बिकल्पै छैन ।

जनताले खुन पसिना बगाएर तिरेको करबाट नेताहरुले देशका बिभिन्न ठुलठुला शहरहरुमा महल खडा गरेर मौज गरीरहेको भन्दै वहाँले देशका जनता अब पहिलाकाे न भएर जनताको आबस्यकता स्वास्थ्य , शिक्षा , सिचाई , सडक र सुशासनका कायम गराउन आफुलाई अगाडी बढाएको र जनताको चाहना बमोजिम आफु काम गर्ने प्रतिबद्धता गरेका हुन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार