प्रधानमन्त्री देउवाले गरे  जसपा ४ मन्त्री बर्खास्त ! Khoj Talash Khabar

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार नेतालाई पदमुक्त गरेका छन् ।

 

जसपाले एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रीहरूलाई पदमुक्त गरेका हुन् ।

मन्त्रीबाट पदमुक्त हुनेमा जसपाको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छीमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

 

जसपाबाट मन्त्री भएका चार जनालाई पदमुक्त गरिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी छन् ।

 

त्यस्तै कानुन‚ न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ। गोविन्दप्रसाद शर्मा कोइरालाको पदावधि सकिएर उक्त मन्त्रालय रिक्त भएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार