बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन महिला १० हजार मिटर दौडमा स्वर्ण

पोखरा – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन् ।

 

उनले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन् । नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारी तेस्रो भइन् । उनले निर्धारित दुरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गरिन् । राजपुराले ३६ मिनेट २९ दशमलव ४५ सेकेन्डमा पुरा गरिन् । तेस्रो भएकी पुष्पाले ३७ मिनेट ०४ दशमलव २ सेकेन्डमा पूरा गरिन् ।

 

सन्तोषीले चौथो ल्याव बाँकी रहँदा अग्रता लिने प्रयास गरेकी थिइन् । तर, त्यो अग्रता धेरै समय रहन सकेन । त्यसपछि सन्तोषीले अन्तिम दोस्रो ल्यावको ५० मिटर बाँकी रहँदा गति बढाएर अग्रता लिएकी सन्तोषीले राजपुरालाई झन्डै ९० मिटर दुरीले पछि पारिन् ।

यसअघि सन्तोषीले सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई १ मिलिसेकेन्डले पछि पार्दै स्वर्ण जितेकी थिइन् । उनले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी थियन् । साग इतिहासमा एथलेटिक्सबाट स्वर्ण पदक जित्ने सन्तोषी पहिलो नेपाली बनेकी थिइन्

 

सन्तोषीले आठौं खेलकुदमा ५ हजारमा स्वर्ण, १५ सयमा रजत र १० हजार मिटरमा कास्य जितेकी थिइन् ।

 

 

प्रतिक्रिया