सुधांशु गिरी
मिति २०७९/०६/२८ गते दिन बिहिवार प्रमुख अतिथि – विपिन बुढाथोकी (राष्ट्रिय बोर्ड अध्यक्ष), विशिष्ट अतिथी- निरामन थपालोया (निर्देशक), संयोजक- महेन्द्र प्रसाद खानल, कोषाध्यक्ष – माया कुमारी नेपाली गरि ३०/३५ एमनेष्टी पदाधिकारी/ सदस्य को उपस्तिथीमा एमनेष्टी इन्टरनेसनल नेपाल समुह- ५१ प्रेम सागर होटेल , गोरुसिंगे कपिलवस्तु को सभा हालमा साधारणसभा तथा अभिमुखीकरण गरियो ।
साधारणसभामा एमनेष्टी इन्टरनेसनल नेपालको बारेमा जानकारी गराईयो । नुतन थपलिया द्वारा सन १९६९ मा एमनेष्टी इन्टरनेसनल नेपालमा स्थापना गरियेको हो । तत्कालीन शासन व्यवस्था र परिस्थितिका कारण सन १९८२ पछि अन्तर्राष्ट्रिय कार्यसमिति एमनेष्टी इन्टरनेसनलको नेपाल शाखा (Nepal Section) को मान्यता खारेज गरियो । बि.सं. २०४६ (सन १९९०) को जनादोलन एंव प्रजातन्त्रको स्थापना पछि एमनेष्टी इन्टरनेसनलको नेपालको राष्ट्रिय कार्यालय गठनको प्रयास गरियो । सन १९९० मा एमनेष्टी इन्टरनेसनल अन्तर्राष्ट्रिय सचिवालयको पहलमा एक समन्वयात्मक संरचना (Coordinating Structure) गठन भयो जसको संयोजक चित्र निरौला हुन्हुन्थ्यो ।
एमनेष्टी इन्टरनेसनलको नेपालमा हाल ६५०० भन्दा बढी सदस्यहरु रहेको र देशभरका ३७ जिल्लामा रहेका ७५ वटा समूह र ४७ वटा युथ नेटवर्कहरुले यस संस्थामा आबद्धता लिई मानवअधिकारको अभियानमा कार्यरत रहेको जस्तो विभिन्न जानकारी गराउनु भयो ।
प्रतिक्रिया