आकाशमा उडिरहेको प्याराग्लाडिङ अकस्मात १०० मिटर माथिबाट खस्दा खेलाडिको मृत्यु

पोखरा – नवौं रास्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा सहभागी खेलाडीको निधन भएको छ ।

 

त्रिभुवन आर्मी क्लबका खेलाडीको प्याराग्लाडिङबाट खसेर मृत्यु भएको हो । पोखरा महानगरपालिका १८ सराङकोटमा आइतबार खेल चलिरहेको अवस्थामा आकाशमा उडिरहेको अवस्थामा अकस्मात १०० मिटर माथिबाट खसेको थियो ।

 

जमिनमा खस्दा आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । निसिम आर्मीबाट करारमा खेलिरहेका थिए ।

 

आर्मीबाट थापाको उपचारका लागि लागी मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भएको घोषणा गरेको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार