गठबन्धन सत्ताको लागि होइन ,संविधान रक्षाको लागि हो: काभ्रे क्षेत्र न.१(ख) का उम्मेदवार लामा

काभ्रे । लोकतान्त्रिक-बाम गठबन्धन दल निर्वाचन परिचालन समिति प्रतिनिधिसभा-१ काभ्रेपलाञ्चोकद्वारा आयोजित गठबन्धनदलहरुको अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।

 

सनिवार भकुण्डेवेशीमा नेपाली कांग्रेस काभ्रेको पदाधिकारीहरु क्षेत्र नं १ का कार्यसमिति पदाधिकारी,प्रदेश सभाका पदाधिकारी लगायतका कार्यसमितिहरु, नेकपा माओवादी केन्द्रका बाग्गमति प्रदेशका पदाधिकारीहरु जिल्ला कमिटीका पदाधिकारीहरु क्षेत्र प्रदेश क का नेताहरु समाजवादी पार्टीका नेताहरु लगायत बिभिन्न तहमा रहेका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको हो ।

 

 

 

 

 

कार्यक्रममा दलको प्रतिनिधित्व गरेर गठबंधनको तर्फबाट एक एक जनाले गठबन्धनको औचित्यबारे नेताकार्यकर्तालाई स्पस्ट पारेका छन् । कार्यक्रममा काँग्रेसको तर्फबाट जिल्ला उपसभापति रमेश प्रसाद हुमागाई, समाजवादीको तर्फबाट जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतम , नेकपा माओवादी केन्द्रका तर्फबाट बाग्मति प्रदेशका सचिव इन्द्र बहादुर थिङ , न स पा का केन्द्र सदस्य अंकल बहादुर थिं (महेश) लगायले दलको तर्फबाट आफनो धारणा राखेका थिए । यसैगरी प्रत्यक्ष तर्फबाट सम्मुनत काभ्रे निर्माणको गठबंधनको साझा उम्मेदवार प्रदेश सभा (क) का उम्मेदवार रत्न ढकाल, प्रदेश सभा ( ख ) का उम्मेदवार तीर्थ लामाले आफ्नो विचारहरु व्यक्त गरेको थियो ।

 

क्षेत्र नं १ का उम्मेदवार सुर्य मान दोङ (लालध्वज)भने स्वास्थ्य अवस्थामा समस्या भएको कारण अस्पतालमा नै उपचारको क्रममा भएका कारण उपस्थित हुन सकेनन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा क का उम्मेदवार रत्न ढकालले यस प्रदेशका जनताको मतको सधै उच्च सम्मान राख्दै निरन्तर बिकास तर्फ आफनो यात्रा रहने जनाएको छ । क्षेत्र नं १ प्रदेश सभा ( ख ) का प्रत्यक्ष तर्फका उम्मेदवार एंवम नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले यो गठबन्धन केवल सत्ताको लागि नभएर जनताबाट लामो समयको संघर्ष , बलिदान दिएर निर्माण गरेको संविधानको रक्षाको निमित्त रहेको यस गठबंधनको मुल उद्देश्य रहेको बताए ।

 

 

 

`जब संविधानको रक्षा हुन्छ तब यो ब्यवस्थाको रक्षा हुन्छ हामीले संबिधान यो संबिधान गरिब , दुःखी र निमुखाको लागि बनाएको हो´-प्रदेश`ख´ का उम्मेदवार लामाले भने ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार