सामुदायिक सेवा केन्द्र छाकैया २ को आयोजनामा ११६ थान स्कुल व्याग वितरण ।  Khoj Talash Khabar

 

बिरगंज , कार्तिक ०१ गते मंगलवार ।

 

६७ औं प्रहरी दिवसको अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया-२ बिरगंज पर्साको आयोजनामा तथा श्याम ट्रेड कन्सर्नको आर्थिक सहयोगमा श्री ताराचन्द किशनलाल आधारभुत विद्यालयमा अध्ययन कक्षा १ देखी कक्षा ८ सम्मका ११६ जना छात्र छात्राहरूलाइ स्कुल व्याग वितरण गरिएको थियो ।

 

सामूदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर उप-प्रमुख इम्तियाज आलम रहेका थिए भने विशिष्ठ अतिथीमा वडा नं. २ को वडा अध्यक्ष मोहम्मद रेयाज मिया तेली, दलित महिला वडा सदस्य रम्भा देवी, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल रहेका थिए ।त्यसैगरि अतिथीमा इनर्वा प्रहरी चौकीका ईन्चार्ज बरिस्ठ प्रहरी नायब निरीक्षक टेक बहादुर कार्की, सामूदायिक सेवा केन्द्रका संरक्षक तथा व्याग दाता श्याम शर्मा, विद्यालयका प्रधानाध्यापक कुरेश राउत गदि , शेष हजरा , लगायत सामूदायिकका वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक , सचिव प्रबीण बिक्रम शाह , सदस्य अजित भुजेल , ज्याउल हक , राजन जोशी , बिना शर्मा , वि शिक्षक शिक्षिका र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । स्वागत मन्तब्य सामूदायिक सेवा केन्द्रका कोषाध्यक्ष प्रेम कुमारी सिंहले गरेका थिए भने कार्यक्रम सन्चालन सदस्य अब्दुल कैस तेलिले गर्नु भएको थियो ।

 

सो कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख आलमले यस विद्यालयलाई नमुना बनाउन आवस्यक सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार