एमालेअध्यक्ष ओलीले कात्तिक ४ गते नागरिकसँग टेलिफोन कुराकानी गर्ने | Khoj Talash Khabar

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कात्तिक ४ गते नागरिकसँग टेलिफोन कुराकानी गर्ने भएका छन् ।

 

मङ्गलवार फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै ओलीले कात्तिक ४ गते शुक्रवार नागरिकसँग प्रत्यक्ष टेलिफोन कुराकानी गर्ने जानकारी दिएका हुन् । आगामी चुनावलाई लक्षित गरेर मा केन्द्रित रहेर ओलीले नागरिकको सुझाव लिन खोजेको बताइएको छ ।

 

ओलीसँग कुराकानी गर्न चाहनेले आफ्नो नाम र नम्बर ओलीको फेसबुक पेजको म्यासेज बक्समा पठाउनुपर्ने छ । नम्बर पठाउनेलाई आफैँ फोन गरेर कुराकानी गर्ने उनले पोस्ट गरेको फोटोमा उल्लेख छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार