निर्वाचन प्रचारप्रसारका लागि २५ जनाभन्दा बढीको जुलुश निकाल्न नपाइने ! Khoj Talash Khabar

राजनीतिक दल र उम्मेदवारहरूले मंसिर ४ गते हुने निर्वाचन प्रचारप्रसारका क्रममा २५ जनाभन्दा बढीको जुलुश निकाल्न नपाउने भएको छ । निर्वाचन आयोगले बुधबार सात बुँदे निर्देशन गर्दै चुनाव प्रचार प्रसार गर्दा २५ जना भन्दा बढीको जुलुश प्रदर्शन गर्न नपाइने

स्पष्ट पारेको हो । घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थक सहित २५ जना भन्दा बढीको जुलुस लिएर जान नहुने, यसरी जाँदा बाजागाजा तथा झाँकी सहित जान नहुने समेतको व्यवस्थालाई कार्यान्वयन गर्न आयोगले निर्देशन गरेको छ ।

 

त्यस्तै आयोगले निर्वाचनमा लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी प्रचार गर्ने, घरदैलो कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिड्ने, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा र भेला आयोगना गर्ने गरेको भन्दै त्यसबारे सबै राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन दिएको छ ।

 

आयोगले सरकारका मन्त्रीहरूलाई आफ्नो क्षेत्रमा बाहेक अन्य निर्वाचन क्षेत्रमा प्रचार प्रसार गर्न जाँदा आयोगको सहमति लिएरमात्रै जान निर्देशन दिएको छ । आयोगले मन्त्रीहरूले निर्वाचन प्रचारमा जाँदा सरकारी साधन स्रोतको उपयोग गर्न नमिल्ने आचारसंहिताको व्यवस्थासमेत स्मरण गराएको छ ।

 

आयोगले कात्तिक १७ गतेभन्दा अगाडि जुलुस, आमसभा, कोणसभा गर्न वा सञ्चार माध्यममा कुनै प्रकारको प्रचार प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्था रहेको समेत स्मरण गराएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार