सरसफाईमा निरन्तर लाग्दै लहान ३ का वाडा सदस्य महतो ! Khoj Talash Khabar

 

महेश सिंह सिरहा लहान १ कार्तिक – स्थानीय निर्वाचनमा लहान ३ बाट निर्वाचित भएका वाडा सदस्य राम उदगार महतो लहानमा जथाभावी थुपारीएका फोहर मौला सरसफाई मा लागेका हुन्। फोहरले दुर्गन्धित बन्दै गएका वाडालाई लहान नगरपालिकाको समन्वयमा सरसफाई अभियान जारी गरेका हुन्।

वाडा सदस्य राम उदगार महतोले लहान ३ का युवाहरूलाई जागरुक गरि सरसफाई अभियानमा लागेका हुन्। फोहरको हब्ब बन्दै गएका लहान ३ मा वाडा सदस्य महतोले सरसफाई अभियान थालिएका छन्।लहान ३ का सडक पेटी र बिधालय क्षेत्र र मठ मन्दिर नजिक रहेका फोहर मैला सरसफाई गरेका हुन्।

जन प्रतिनिधि महतोले सुरु गर्दा अभियानले लहान ३ मा सरसफाईको अनुभुती भई रहेको स्थानीयहरुले बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार