सर्लाहीको बागमती नगरपालिकामा लुटेरा समुहको गोलि प्रहार बाट एक कर्मचारी गम्भिर घाइते

 

बुधबार बिहान साँढे १० बजे तिर ३ जनाकाे समूहमा आएका लुटेरा समूहले सर्लाहीको हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्रका प्रमुख ३० वर्षीय साजन कार्की माथि लुटेरा समूहले गाेली प्रहार गरेकाे हो।

भित्र पसेर पैसा दिन भन्दै धम्क्याएपछि सस्था सेवा केन्द्रका प्रमुख कार्कीले प्रतिकार गरेका थिए, प्रतिकार गर्ने बितिकै लुटेरा समूहले आफूमाथि ४ गाेली प्रहार गरेकाे घाईते कार्कीले बताए । गाेली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेट रहेको एउटै माेटरसाईकलमा चढेर लुटेरा समुह दक्षिणतर्फ भागेका छन् । उक्त लुटेरा समूहले रकम लुटेर लगे अथवा लगेनन भन्ने कुरा अन्दाज भईनसकेकाे सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए ।

तिघ्रा, कुम, ढाड र काेखामा गाेली लागेका घाईते साजान कार्कीकाे हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि एम्बुलेन्समा हालेर काठमाडाैं पठाईएकाे छ । सर्लाही लालबन्दी-२ जुटपानी निवासी कार्कीलाई ४ गाेली लागे पनि शरिरकाे कुनैपनी संवेदनशिल भागमा नपरेकाले स्वास्थ खतरा नदेखिएकाे सरस्वती अस्पतालका सञ्चालक डा. राजिब साहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार