
विनोद मण्डल कार्तिक ३ । सिराहा प्रहरीद्वारा मठ मन्दिरसरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
६७ औ प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय सिराहा र मातहतका ईलाका प्रहरी कार्यालयहरु र प्रहरी चौकी लगायतका कार्यालयहरूको अगुवाईमा स्थानिय स्तरमा रहेको मठ मन्दिरहरुको एकातिर सरसफाई गरिएको छ भने अर्कोतिर दिवसकै अवसरमा मिति २०७९।०६।३० गते जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहत प्रहरी ईकाई समेतमा “बृक्षारोपण कार्यक्रम” गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
वृक्षारोपण कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सिरहाको परिसर तथा मातहतका प्रहरी ईकाईहरुको बिभिन्न स्थानहरुमा बिभिन्न प्रजातिका गरी करिब ३६३ थान विभिन्न जातका बोट बिरुवाहरु बृक्षारोपण गरी सो कार्यक्रम समापन भएको हो ।
प्रतिक्रिया