सिरहा प्रहरीद्धारा जनचेतना मुलक कार्यक्रम सम्पन्न । Khoj Talash Khabar

 

 

विनोद मण्डल कार्तिक ३ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सिरहा जिल्लाको सदरमुकाम सिरहा नगरपालिकाको १४ नम्बर वडामा जनचेतना जगाउने उदेश्यका साथ कार्यक्रम संपन्न गरिएको छ ।

 

मिति २०७९।०७।०२ गते जिल्ला सिरहा, सिरहा नगरपालिका वडा नं.१४ स्थित प्रहरी चौकी खिरौना सिरहाको आयोजनामा उक्त वडाको महिला वडा सदस्य जमुना पासमानको अध्यक्षतामा प्रहरी जनशक्तिहरु, स्थानिय समुदायहरु, भद्रभलादमी तथा महिला/पुरुषहरु समेतको उपस्थितिमा “लैंगिक हिंसा बिरुद्धको जनचेतनामुलक कार्यक्रम” गरिएको हो ।

 

कार्यक्रममा प्र.स.नि. भोगेन्द्र खत्रीले समुदायमा रहेको लैंगिक हिंसा, घरेलु हिंसा, बालविवाह गर्नु जस्ता कार्य कानुन बिपरित भएको बताउनु भएको छ ।

 

सामाजिक मुल्यमान्यता तथा समुदायमा रहेको कु-प्रथा बिरुद्धको सचेतनामुलक जानकारी तथा कानूनी प्रावधानको बारेमा प्रशिक्षण दिँदै समाजमा भइरहने सामाजिक आपराधिक घटनाको बारेमा स्थानिय निकाय वा सम्बन्धित प्रहरी कार्यालयमा सामाजिक घटनाको बारेमा जानकारी गराएको खण्डमा थप समस्या सिर्जना नहुने वक्ताहरुको धारणा रहेको उक्त कार्यक्रम फलदायी भएको सहभागीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार