सर्लाहीमा सहकारीका कर्मचारीलाई गोली हान्ने ४ जना पक्राउ ! KHOJ TALASH KHABAR

सर्लाहीको बाग्मतीमा हिजाे बुधवार भएको गोली काण्डका चार जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

उनीहरूलाई बलरा नगरपालिका–३ को लक्ष्मीपुर नाका हुँदै भारततर्फ जाँदै गर्दा पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ । चार जनाको समूहमा हिँडेका मध्ये एक जना भाग्न खोजेपछि प्रहरीले गोली हानेर पक्राउ गरेको हो । प्रहरीले चलाएको गोली लागेर धनकौल– १ सेखौनाका धिरेन्द्र सहनी घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ ।

 

पक्राउ पर्नेमा उनीसहित भारत बिहारको मोतिहारिका २२ वर्षीय गुल्शन सिंह, बैसालीका २० वर्षका सौरभ साह र रेहान सिंह रहेका जिल्ला प्रहरी  कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

 

उनीहरूले हिजो बिहान ११ बजे सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण तथा सहकारी संस्थाका कर्मचारी साजन कार्कीलाई कार्यालयभित्र पसेर चार गोली हानेका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार