अमात समाज कल्याण समिति दोहा कतारद्वारा अति बिपन्न परिवारलाई आर्थिक सहयोग, ! Khoj Talash Khabar

 

कार्तिक ३ गते बिहिवार ,

धनुषाको हंसपुर नगरपालिका वडा नं ६ सोनगामा गाउँमा एक जना पीडित परिवारको घरमा जिवन निर्वाह गर्नका लागि कुनै पनि व्यक्तिले कमाउन नसक्ने भएको समाचार सुन्दा दोहा कतारमा रहेका आमतहरुले सहयोग गर्ने गरेको छ ।

 

जीवन यापन गर्न अति अप्ठ्यारो भएको खबर सुन्दा ,देख्दा अमात समाज कल्याण समितिको दोहा कतारको साथीहरूसँग आयो त्यो खबर पशचात अमात समाज कल्याण दोहा कतारमा रहेका अमात जातीयहरुले मिलेर पीडित परिवारलाई नगदसहित बीस हजार पाँच रुपैया आर्थिक सहयोग गरेको छ ।

 

यस पुनित सहयोग कार्यक्रममा समाजसेवी युवाहरू मनिष राय, रबिन्द्र उदासी माली , उन्देश्वर राय, भोगेन्द्र राय,पशुराम राय, रबिन्द्र राय, सत्रुधन राय, सन्त राय,राजकिशोर राय लगायत पीडित गाउँका स्थानीयहरुको निगरानीमा आर्थिक सो रकम सहयोग गरेका छन् ।

 

नेपाल अधिराज्य भरका रहेका सम्पूर्ण अमात जातीयहरुलाई आग्रह गर्दैछु कि सबै एक भएर अघि बढौ, मानवमा जन्म लिएका छौ भन्ने मानवता देखाउ जियौ ,सुरुवात हामी आफैं बाट गरौं , आफ्नो हक ,अधिकारको लागि एक संगठन बनाएर सम्बन्धित निकाय सम्म पुगौ, र गरिव,असहाय र दलित परिवारलाई सबै जना मिलेर सहयोग गरौं अमात समाज कल्याण दोहा कतारको उपाध्यक्ष भरोशी राय आमतले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार