बारामा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ! KHOJ TALASH KHABAR

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ मा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–१९ का २० वर्षीय बसरूदिन देवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका देवानको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

 

नितनपुरबाट इनर्वा शिरातर्फ आउँदै गरेको बा २३ प ४२६९ नम्बरको मोटरसाइकललाई गएराति ९ बजे विपरित दिशाबाट जाँदै गरेको प्रदेश २–०३–००१ त ४११५ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।

 

ट्रयाक्टर सहित चालकलाई अस्थायी प्रहरी पोष्ट  इनर्वा शिराले नियन्त्रणमा लिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार