ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते ! KHOJ TALASH KHABAR

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार-८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिदा बसमा सवार ३० जना घाइते भएका छन् ।

 

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् ।

 

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक राजु केसीले जानकारी दिए ।

गम्भीर घाइते तीन जनालाई विराटनगर पठाइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार