कपिलवस्तु क्षेत्र नम्बर ३(ख) यादव,चुनावी मैदानमा घरदैलो अभियान कार्यक्रम ! Khoj Talash Khabar

 

धर्मेन्द्र कुमार कुर्मी कार्तिक ४ विजयनगर

 

कपिलवस्तु क्षेत्र नम्बर ३(ख) जनता समाजबादी पार्टी उमेदवार अशोक कुमार यादवले मतदाताहरुसँग नियमित भेटघाट र छलफल गरीरहनु भएको छ । मधेस आन्दोलनबाट स्थापित नेता उम्मेदवारी मनोनय गरेपछि अहिले यादव जनता को घर घरमा पुगेर मतदाताहरुको दुःखसुखमा साथ दिईरहनुभएको छ । जनताको पीरमर्का बुझिरहनुभएको छ ।

 

यद्यपि पहिलेदेखि नै गाउँका जनता नजिक नै रहदै आउनुभएका यादव यसपटक जनताको प्रतिनिधि भएर जनताको लागि नीति निर्माण तहमा पुगेर काम गर्ने धोको रहेकोले पनि उम्मेदवारी दिएको बताउनुभयो । यसपटक प्रदेशसभा क मा उम्मेदवारी दिनुभएको छ । उम्मेदवारी दिएपछि मतदाताहरुसँग भेटघाट गरिरहनुभएका यादवले चुनावी छलफल गर्नुभएको छ । चुनावी छलफलका क्रममा उहाँले यसपटक क्षेत्रको जनताले आफूलाई न्याय गर्ने बताउहुन्छ । छाता चुनाव चिन्ह हो आफू अब कपिलवस्तु क्षेत्र नम्बर ३ (ख)को प्रदेशसभा जनताको उज्यालोका लागि छाता लिएर अगाडि बढीसकेको बताउनुभयो। कार्यक्रम सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको बलराम चौधरी जानकारी

दिनु भएको छ ।।

प्रतिक्रिया

सम्बन्धित समाचार