
प्रकाश रोकाय
जाजरकोट । पत्रकार पदम केसी र प्रेम विकको पहलमा विपन्न वादी समुदायलाई खाद्यान्न सहयोग गरिएको छ । भेरी नगरपालिका वडा नं १ रावतगाउँमा बस्दै आएकी महेसा वादी, कमला वादीलाई पत्रकार केसी र विकको पहलमा खाद्यान्न सहयोग गरिएको हो । गत साता एक टेलिभिजनमो दशै मनाउन निकै सकस भएको समाचार प्रसारण गरेको थियो ।
छाकटार्न मुस्किल भएको समाचार प्रसारण भएपछि उनीहरुले सहयोगका लागि पहल अगाडि बढाएका थिए । गरीव र विपन्न परीवारका लागि राहात जुटाउनु आफुहरुको दायित्व भएको उनीहरु बताउछन् । भन्छन, ‘कसैले पुगेर दिन्छन, तर हामीले अभावका विच सहयोग जुटाएर हस्तान्तरण गरेको छाैँ ।’
उक्त खाद्यान्न, लक्ताकपडा र भाडाकुडा जुटाउनका लागि भेरी ज्ञानोदय क्याम्पसका प्रध्यापक भिमेन्द्र योगीले दुई कट्ठा चामल र रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटले दुईवटा कम्वल, एकवटा डारु, एकवटा थालि, एकवटा कचौरा, दुईवटा डिक्चे दिएर सहयोग गरेका थिए ।
बस्नलाई गतिलो बास र खानालाई घासको अभावबाट तडपिरहेका उनीहरुलाई कम्वल, चामल, थालि, कचौरा, पीडितको घरमा गएर हस्तान्तरण गरेको पत्रकार विकले बताए । के सी र विश्वकर्माले यस भन्दा पहिले धेरैलाई सहयोग गरेका छन् । उनीहरु सानै देखि समाजसेवामा निकै सक्रिय छन् ।
प्रतिक्रिया