
नवलपरासी
यहि मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाकाे चुनाव नजिकिँदै जादा नवलपरासीका सम्पूर्ण राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।यसै क्रममा पश्चिम नवलपरासी क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले रामग्राम नगरपालिका वडा नं १७ काे बरारी,महुवा,पिपरहिया र देवगाव मा घरदैलो तथा गाउँ भेला गर्नुभएकाे छ ।
साथै रामग्राम नगपालिका वडा नं १५ काे ननई,डिघवल,घिनहा र सुक्राैली लगाएतकाे टाेलमा घरदैलो गरिएकाे कंडलका स्वकिय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभयाे । यस्तै नेपाली काङ्ग्रेस द्वारा सरावल गाउँपालिका वडा नं ४ मा वडा स्तरीय अगुवाकार्यकर्ता भेला सम्पन्न गरिएकाे छ ।
नेपाली काङ्ग्रेस नेता जनमजय यादवकाे अध्यक्षता तथा प्रतिनिधि सभा क्षेत्र नं २ का उमेदवार एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलकाे प्रमुख आतिथ्यता तथा प्रतिनिधि सभा क्षेत्र नं १ का उमेदवार एवम् नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य विनाेद चाैधरी , क्षेत्र नं १ ख प्रदेश सभा सदस्य पदका उमेदवार देवकरण कलवार {सन्तु} लगाएतका नेताहरुले आफ्नो भनाइ राख्नुभएकाे कंडेलका स्वकिय सचिव रायमाझीले बताउनुभयो ।
प्रतिक्रिया