निर्वाचनको मुखमा मधयरातमा नेपालगञ्जको त्रिभुवन चोकमा गोली चल्यो

आइतबार बेलुकी नेपालगन्जमा गोली चलेको छ । नेपालगन्ज वडा नम्बर ८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो । प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्काे पक्षलाई घेरेपछि घेरामा परेको पक्षले हवाई फायर गरेर भागेको पाइएको बाँके प्रहरीले जनाएको छ ।

 

बाँके प्रहरीका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले उक्त घटनामा दुईवटा आपराधिक गिरोहको संलग्नता रहेको प्रारम्भिक सूचना प्राप्त भएको र केही व्यक्तिहरुको नाम पनि प्रहरीले प्राप्त गरेको जानकारी दिए । नेपालगन्जकै स्थानीय वासी रहेका उनीहरुको खोजीकार्य तीव्र पारिएको उनले जानकारी दिएका छन् ।

 

उनले यस घटनालाई गम्भीर घटनाका रुपमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए । सीमावर्ती सहर नेपालगन्जमा हातहतियारको अवैद्य घुसपैठ हुने जोखिम उच्च छ ।

 

तिहारको बेला र आसन्न निर्वाचनको मुखमा गोली चलेपछि यसले थप जोखिम र खतरातर्फ संकेत गरेको छ । प्रहरीले सुरक्षा व्यवस्थामा थप संवेदनशीलता देखाउनुपर्ने आवश्यकता देखिएको छ । स्रोत मिसन टुडे

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार