बिनोद मण्डल कार्तिक ८ । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपालका धनी व्यक्ति बिनोद चौधरीले नेपाली कांग्रेस पार्टीका तर्फबाट पक्षिम नवलपरासीको निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ ।
विक्रम सम्वत २०१२ साल वैशाख १ गते काठमाडौंको एक मारवाडी परिवारमा जन्मेका चौधरीका पिता लुकरण दास चौधरी र हजुरबा भुरानल दास चौधरी हुन । चौधरीका हजुरबा भारतको राजस्थानबाट नेपालआएका थिएँ कपडा व्यापार गर्दै आएका चौधरी परिवारले सन् 1990 मा कपडा कम्पनीको औपचारिक दर्ता गराएर व्यापार श्रु गरेका थिए ।
फोर्स पत्रिकाका अनुसार उनी सन् 2018 मा अर्व पतीहरुको सुचीमा 1348 नम्बरमा पर्न सफल भएका थिए । विक्रम सम्वत 2046, सालदेखि राजनीतिक यात्रा थालेका चौधरी विक्रम सम्वत २०६८ सालमा नेपालको सबै भन्दा धनी व्यक्ति घोषित भएका थिए ।
विक्रम सम्वत २०४६ सालमा नेपाली राजनीतिमा आएका चौधरीले २०७४ सालमा कांग्रेस पार्टीमा प्रवेश गरेका थिए ।
उनी भन्छन् ” म पूर्वी नवलपरासीको मान्छे पक्षिम्मा मलाई पार्टीले खटायो । मलाई जनताको सेवा गर्ने ईच्छा भएर चुनावी मैदानमा आएको हो , मैले मेरा विभिन्न कम्पनीमा १५ हजारलाई रोजगारी दिन सक्ने आँट छ ” यहाँका आम जनताको समस्यालाई समाधान गर्नका लागि चुनाबी मैदानमा उत्रिएकाे धारणा व्यक्त गरेका छन् ।
अर्वपति बिनोदले अझ थप्नु हुन्छ यहाँका किसानको खेतमा पानी जानुपर्ने ठाउँमा ब्यबस्थापनकाे अभावमा बालुवा गौरहेको अवस्थामा हरेक समस्याको निदानका लागि चुनावी मैदान रोजेको उनको आशय रहेको बुझिन्छ ।
उनी यतिबेला आम जनताको घरमा कहीं खाना खाँदै छन् भने कहीँ व्याट समातेर खेलको उद्दघाटन गरिरहेका छन् । आम जनताको बुझाई के हुनसक्ला ? यिनै प्रश्नको सान्दर्भिकता रहेको छ, समाजमा ।
प्रतिक्रिया