प्रतिबध्दता पत्रमा केही सुधार थपघट गर्न परे सुझाउ पाउँ । 

 

विषयः प्रतिबद्धता पत्र

लिखितम् प्रतिनिधिसभा निर्वाचन-२०७९, सिराहा जिल्ला निर्वाचन क्षेत्र नं.२ का स्वतन्त्र उमेदवार सुरेश कुमार कार्की (चुनाव चिन्ह माछा छाप ) आगे सिराहा निर्वाचन क्षेत्र नं.२ का न्याय प्रेमी सम्पूर्ण जनताहरुबाट अत्यधिक वहुमतका साथ निर्वाचित भएमा मेरो प्रतिनिधसभाको कार्यकाल ५ पाँच वर्ष भित्र नेपाल सरकार, दातृ संस्था र संसदीय विकास कोष जुनसुकै श्रोत जुटाएर तपसिल बमोजिमको कार्य गर्ने छु । उल्लेख गरेको कार्ययोजना अनुसारको कुनै कार्य नगरेमा यो कागज सिराहा निर्वाचन क्षेत्र नं.२ का कुनैपनि न्याय प्रेमी जनताले संसद सचिवालयमा पेश गरेमा यसैलाई मेरो राजिनामा मानि मलाई पदमुक्त गर्ने गरी आफ्नो होस हवासमा रही यो प्रतिबद्धता पत्र वसहा नेपाली कागजमा प्रिन्ट गरी आज पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुहरुको समक्ष लेखात्म र रेखात्मक सही छाप गरी एक एक प्रति सक्कल प्रतिबद्धता पत्र अभिलेखको लागि (कसैले माँग गरेमा प्रतिलिपि प्रमाणित गरी दिने गरी )पत्रकारहरुलाई हस्तान्तरण गरी दिएको छु ।

तपसिल

१. निर्वाचित भएको सातौ दिनबाट वर्तमान नागरिकता समस्या समाधान गर्न राष्ट्रपति भवन अगाडी अनसन वस्ने ।

२. पाँच वर्ष भित्रमा सिराहा निर्वाचन क्षेत्र नं. २ को जनताहरुको लागि हरेक रोगको उपचार निःशुल्क गर्ने गरी सबै पालिकालाई पायक पर्ने स्थानमा कम्तिमा ५० सैयाको अत्याधुनिक अस्पताल निर्माण गर्ने ।

३. सिराहा निर्वाचन क्षेत्र नं. २ को सबै विद्यालयलाई आई.टी. फ्राईन्डली बनाउने ।

४. सिराहा निर्वाचन क्षेत्र नं.२मा वसोवास गर्ने सबै विद्यार्थीलाई स्नातक सम्म निःशुल्क अध्ययनगर्न व्यवस्था गर्ने ।

५. सिराहा निर्वाचन क्षेत्र नं. २ का सबै पालिकालाई पायक पर्ने स्थानमा कम्तिमा समाज शास्त्र,राजनितिक शास्त्र, विज्ञान शास्त्रमा स्नातक्तोतर सम्मको क्याम्पस स्थापना गर्ने ।

६. सिराहा निर्वाचन क्षेत्र नं. २ का जनताका छोरा छोरीहरु मध्ये सबै भन्दा उत्कृष्ट अंक ल्याउने जेहेनदार विद्यार्थीलाई यस क्षेत्रका सबै पालिकाबाट प्रतिस्पर्धाको आधारमा छनौट भएका विद्यार्थीहरुलाई अध्ययन पुरा भएको मितिबाट २० वर्ष सम्म यसै क्षेत्र अन्तर्गतमा सेवा गर्न सम्झौता गरेमा पढाईका सम्पूर्ण शुल्क व्यहोर्ने ।

(क) पहिलो वर्ष सबै पालिकाबाट एक एक जनाको दरले ८ जनालाई MBBS

(ख) दोश्रो वर्ष सबै पालिकाबाट दुई जनाको दरले १६ जना स्टाफ नर्स र ल्याव

(ग) तेश्रो वर्ष सबै पालिकाबाट दुईजनाको दरले १६ जना वि.फर्मा र ईन्जिनियर

(घ) चौथो वर्ष सबै पालिकाबाट एक एक जनाको दरले ८ जनालाई MBBS

(ङ) पाँचौ वर्ष सबै पालिकाबाट दुई जनाको दरले १६ जनालाई स्टाफ नर्स ।

७. सिराहा निर्वाचन क्षेत्र नं. २ मा लागु औषध पूर्ण रुपमा नियनन्त्रण गर्ने ।

८. सुधार केन्द्र स्थापना र सञ्चालन गर्ने ।

९. हरेक पालिकामा खेलकुदका लागि र वयामका लागि गुणस्तरिय कर्वड हल निरमाण गर्ने ।

१०. हरेक वर्ष उत्सवको रुपमा सिराहा निर्वाचन क्षेत्र नं. २ भित्र विद्यालय स्तरिय खेलकुद,निवन्ध,गीत संगित, नृत्य,कविता,चित्रकला प्रतियोगिताहरु सञ्चालन गर्ने ।

११. सिराहा निर्वाचन क्षेत्र नं. २ को सबै पालिकामा एक थानका दरले आधुनिक एम्वलेन्स उपलब्ध गराउने ।

 

प्रतिबद्धता गर्ने

सुरेश कुमार कार्की

उमेदवार,प्रतिनिधिसभा सदस्य

सिराहा निर्वाचन क्षेत्र नं. २

प्रतिक्रिया

सम्बन्धित समाचार