युक्रेन युद्धः इरानले रुसलाई ४० वटा टर्बाइन आपूर्ति गर्ने

युक्रेनमा रुसी युद्धलाई लिएर पश्चिमी प्रतिबन्धबीच इरानले आफ्नो ग्यास उद्योगलाई मद्दत गर्न रुससँग ४० वटा टर्बाइन उपलब्ध गराउने सम्झौता गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इरानको “औद्योगिक सफलताहरू क्षेप्यास्त्र र ड्रोनका क्षेत्रमा मात्र सीमित छैनन्,“ इरानी ग्यास इन्जिनियरिङ एण्ड डेभलपमेन्ट कम्पनीका सीईओ रेजा नौशादीलाई उद्धृत गर्दै सानाले जनाएको छ ।

 

“हाल ग्यास उद्योगलाई आवश्यक पर्ने ८५ प्रतिशत सुविधा र उपकरण स्वदेशभित्रै निर्माण भएका छन् र यही क्षमताका आधारमा हालै रुसमा ४० वटा इरानी निर्मित टर्बाइन निर्यात गर्ने सम्झौता भएको छ,“ उनले थपे ।

 

नौशादीले सम्झौता कहिले गरिएको थियो र टर्बाइन वितरण गर्ने मितिबारे भने केही खुलाएनन् । युक्रेनमा क्रेमलिनको आक्रमणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएपछि रुसले विभिन्न युरोपेली राष्ट्रहरूमा ग्यास आपूर्ति घटाएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार