
लुम्बिनी — बुटवलका पत्रकार टेक मास्की रानाको उपचारका क्रममा निधन भएको छ । दुई हप्ताअघि डेंगी संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको बुधबार बिहान निधन भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिए । उनी ४७ वर्षका थिए । रानालाई डेंगीसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो । रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।
रानाले दुई दशक लामो पत्रकारितामा निष्कलंक र स्वच्छ छवि बनाएका थिए । रानाका दुई छोरी र एक छोरा छन् ।
प्रतिक्रिया