कृष्णनगर मा  स्थानीय चुनावको चुनावी माहोलमा वडाध्यक्ष को उम्मेदवार राजेश  चौधरी

 

धर्मेन्द्र कुमार कुर्मी विजयनगर

बैशाख २४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ मा स्थानीय चुनावको चुनावी शरगर्मी निकै बढेको देखिन्छl सबै नेकपा एमाले पार्टीका तथा उम्मेदवार हरू चुनावमा आ आफ्नो एजेण्डा सहित जनता माझ घरदैलो कार्यक्रममा व्यस्त रहेको देखिन्छनl कृष्णनगर नगरपालिका वडा नं १२ नेकपा एमाले वडाध्यक्ष पदका उमेदवार राजेश चौधरी जनताको समर्थनका साथ चुनावी माहोलमा होमीएका छन् l

नेकपा एमाले निकट नेता वडाध्यक्ष पदका उमेदवार राजेश चौधरी लाई वडाध्यक्ष बनाउन जनताको साथ र समर्थन रहदै आएको उनी निकट नेताहरु बताउदै आएका छन चौधरीले यो पालि वडाध्यक्ष पदमा आफूलाई जनताले जिताउने भन्दै उमेदवारी दर्ता गराएका थिए। वडाध्यक्ष पदका उम्मेदवार चौधरी घर दैलो कार्यक्रमलाई तिब्रता दिएका बेला जनताहरू उत्साहित देखिएका छन् l नेकपा एमाले चौधरी लाई साथ र सहयोग गर्ने स्थानियहरुमा उत्साह जागेको छ । वडाध्यक्ष पदका उम्मेदवार राजेश चौधरी आफूलाई जनताले विजयी बनाए वडाको पूर्ण विकास गर्न आफू प्रतिबद्ध रहने बताए l राजेश चौधरी वडावासि माझ लोकप्रिय बन्दै गएका छन् भने उनि पूर्व शिक्षक समेत हुन l

प्रतिक्रिया

सम्बन्धित समाचार