नवलपरासीको प्रतापपुरमा किसानको समस्या बुझदै दिपक राज शर्मा

 

कृष्ण गिरी , नवलपरासी

पश्चिम नवलपरासीमा नेकपा एमाले बाट प्रतिनिधि सभा १ ख, का उम्मेदवार दिपक राज शर्मा जनताको बिचमा लोकप्रिय हुदै ।

निर्वाचनको मिति नजिकिँदै गर्दा घरदैलो कार्यक्रमलाई तिब्रताका साथ अगाडि बढाएको बताए । नेता दिपक राज शर्मा सहित नेता कार्यकर्ताको साथमा घरदैलो अभियानमा लागिएकाे हाे ।

घरदैलोसँगै जनताको समस्या पनि बुझ्दै आएको प्रतिनिधि सभा पदका प्रत्यासी नेता शर्माले बताउनुभयो ।

घरदैलोमा भोट माग्ने मात्र नभएर जनताको समस्या बारे जानकारी लिने गरेको नेता शर्माले प्रतापपुर मिडिया लाई जानकारी दिनुभयो ।

अहिले जनताको समस्याको बारेमा जानकारी लिएको र निर्वाचित भएपछि समस्या सामाधान गरिने शर्माले बताए ।

भ्रष्टाचारलाई न्यूनिकरण गर्ने मात्र नभई जरैदेखि निर्मूल गर्ने प्रतिबद्धता सहित आफुहरु चुनावी मैदानमा होमीएको उहाले बताउनुभयो।

किसानकाे समस्या शिक्षा ,कृषि, रोजगार मध्यनजर गर्दै निर्वाचानमा आएको दिपक राज शर्माले बताउनु भयाे ।

नवलपरासी १ का बासिहरुकाे समस्या समाधान गर्न सक्ने र बहाना बनाएर पछि नसर्ने भएको हुदा निर्धक्क भएर आफुलाई मतदान गर्न आम नागरिक संग आग्रह गर्दै घरलैलाेमा ब्यस्त रहनु भएकाे नेता दिपक राज शर्माले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार