छठ पर्वले सहिष्णुताको भावना प्रगाढ हुनेछ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको शुभकामना दिँदै यस पर्वले सबैमा सांस्कृतिक सद्भाव, सहअस्तित्व, एकता र पारस्परिक सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ तुल्याउन प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनुभएको छ।

 

उहाँले कोभिड–१९ र डेङ्गुजस्ता रोगको जोखिम कायमै रहेको सन्दर्भमा जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्दै यस वर्षको छठ मनाउन सबैमा आग्रहसमेत गर्नुभएको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार