“भेरी साहित्य समाज ” टीकापुरले गर्यो शुभकामना आदानप्रदान कार्यक्रम ।

दिपक संगम विश्वकर्मा

टीकापुर:

भेरी साहित्य समाज जिल्ला कार्यसमिति कैलाली टीकापुरले दीपावली तथा छठको शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको

स्वागत् मन्तव्य उपाध्यक्ष कान्ति प्रसाद ज्ञवालीले गरेका छन।

उक्त कार्यक्रमको सभापति भेरी साहित्य समाज कैलालीका अध्यक्ष चक्रप्रसाद अधिकारी रहेका थिए। यसका साथै प्रमुख अतिथिमाफ टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारूले बोल्दै पहिला साहित्यका कार्यक्रममा धेरै कम चासो देखाएका थिए तर बर्तमान समयमा साहित्यिक कार्यक्रमहरूको लहर चलेको छ । यो एक सकारात्मक पक्ष रहेको बताएका छन

यसका साथै उक्त कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख खडक शाहले आफ्नो कला साहित्य भाषा रचना लाई जोगाउन सम्पुर्णक यतिकै हात रहेको बताएका छन। स्थानीय तहको सबै क्षेत्रमा ध्यान दिन नसकेको ठाउँमा यस्ता साहित्यक कार्यक्रम गरि घचघच्याउनु पर्ने बताएका छन। कला साहित्य संस्कृति जोगाउन लाई स्थानीय तहको तर्फबाट आर्थिक सामाजिक भाैतिक सहयोग गर्ने बताएका छन।

कार्यक्रममा विभिन्न साहित्यिक प्रेमिहरूले आ-आफ्नो गजल ,कविता , मुक्तक सायरि तथा अन्य साहित्य रचनाहरू वाचन गरेका थिए।

कार्यक्रमको सञ्चालन भेरि साहित्य समाजका सचिव दुर्गा प्रसाद भण्डारले गरेका थिए।

प्रतिक्रिया