एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा ओली सहभागी हुने

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ ।

 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

 

घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गरेका छन् । विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गरेृका छन् ।

 

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित केही दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार