सत्तामा’जनता समाजवादी पार्टी विजयनगर घरदैलोमा अनौठो नारा लगाउने गरेकोछ । ज स पा कार्यकर्ताले अवको २ हप्तामा यादव हुनेछन् सत्तामा भन्ने नारा लगाउदै घदैलोमा मतमाग्न पुगेका छन् । यता देशभर नै स्थानिय तहको निर्वाचनको माहोल बढ्दै गएको छ । उमेद्वारहरुले आफना प्रतिबद्धता र घोषणा पत्र सहित चुनाबि माहोलमा ओत्रिएका छन् । यसै गरि यता आसन्न स्थानिय निर्वाचन २०७९ का लागि जनता समाजवादी पार्टी विजयनगरले मेयर पदको उम्मेदवारको रुपमा विजयनगरका प्रभाव शालि युवा नेता जानकी प्रसाद यादव लाई खडा गरेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा विजयनगरका जनता समाजवादी पार्टी जानकी प्रसाद यादव घर दैलोमा पुगेर अहोरात्र खटेर ब्यस्त भएका छन । गाउं को विकासका लागि स्पष्ट खाका बनाएर पार्टी र आफना ब्यक्तिगत प्रतिबद्धताका साथ उम्मेदवार बनेका यादव बलियो उम्मेदवारको रुपमा रहेका छन । केहि दिन अघि मात्रै ‘समृद्ध गाउ , सुखी नगरवासि प्रतिबद्धता भन्ने चुनावि नारा सहित जनता समाजवादी पार्टी विजयनगरले चुनाव लक्षित दर्जनौ योजनासहित घोषणा पत्र सार्वजनिक गरेको थियो ।
तर हाल सम्म पनि विजयनगर गाउंपालिका भित्र अहिले सम्म पनि उच्च शिक्षा हासिल गर्नका लागि भने विद्यालय नै नभएको अवस्था रहेको छ । उच्च शिक्षा हासिल गर्नका लागि त्यहाँ विद्यार्थीहरु बाहिरी जिल्ला जानु परेको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दे जनता समाजवादी पार्टी विजयनगर आफनो दर्जनौ योजनासहितको घोषणा पत्रमा निकै महत्वपूर्णका साथ यसलाई हेरेको छ । जनता समाजवादी पार्टी विजयनगर मेयर पदको उम्मेदवार जानकी प्रसाद यादव आफु निर्वाचित पछि विजयनगर नै डिग्री पढाइ हुने क्याम्पस निर्माण गर्ने र बाहिरी जिल्लामा गई पढनु पर्ने बाध्यता हटाउने प्रतिबद्धता जनाएका छन् ।
विजयनगर विगतमा भएका कमि कमजोरीहरुलाई सुधारदै जाने र गाउ वासीहरुको सदैव हितका निम्ति काम गर्ने समेत उहाँले प्रतिबद्धता जाने समेत बताए । अन्तराष्ट्रिय स्तरमा समेत गाउं पालिकाको सम्बन्ध कायम राख्न अगाडि बढ्ने र विभिन्न क्षेत्रमा आवश्यकता अनुसार सामुदायिक पुस्तकालय, ई–लाईब्रेरी स्थापना गर्ने बताएका छन् । गाउंपालिकाको नियमित कार्यक्रम र परिषद्बाट पारित वार्षिक योजनाहरु आर्थिक विकास, पूर्वाधार विकास तथा सामाजिक विकासका योजनाहरु जनसहभागितामा गुणस्तरिय कार्यका साथ गाउं पालिका र गाउवासीको आधारभूत आवश्यकता समेट्ने योजना सहित निर्वाचनमा होमिएको बताए ।
प्रतिक्रिया