
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (सोमबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार बिहान ११:३० बजे काठमाडौंको एक ब्याङक्वेटबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेसँग केही ठाउँमा तालमेल गरेको राप्रपाले आफ्नो घोषणापत्रमा सत्तारुढ गठबन्धनको आलोचना गर्दै हिन्दू राज्य र राजतन्त्रको वकालत गरेको छ।
प्रतिक्रिया