डुंङ्गा पल्टिँदा तीनको मृत्यु अन्य घाइते ।

 

सुरेश यादव ,नवलपरासी /

 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४ गोकुल नगरको नरसहिया स्थित वनभोज खान गएका युवाहरु सवार डुङ्गा पल्टिएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाईते भएका छन् ।

 

स्थानिय खोलालाई पार गर्नेक्रममा उक्त दुर्घटना भएको थियो भने मृत्यु हुनेहरुमा १८ वर्षिय निरज हरिजन , १८ वर्षिय रन्जित गुप्ता र २२ वर्षिय गुडु हरिजन रहेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी भाेज राज पाण्डेले जानकारी दिनुभयाे ।

 

त्यस्तै किसोर हरिजन , सोहित मलाह गाइते भएका थिए । हिजो करिब चार बजेको समयमा उक्त दुर्घटना बनभोज खाएर फर्किने क्रममा नारायणी नदीको घुमरीमा परेर भएको स्थानीयलाई उद्दार गरिएकाे सुचना अधिकारी पाण्डेले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार