डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले ललितपुर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.तोसिमा काकीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलवार अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको उक्त आदेशपछि डा. कार्कीको उम्मेदवारी कायम हुने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. कार्काीले मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा नदिएको भन्दै आयोगले अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज गरेको थियो । लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो ।

 

निर्वाचन कानुनमा लाभको पदमा रहेको व्यक्ति उम्मेदवार बन्न नसक्ने व्यवस्था गरिएको छ । नियमित तलब नपाइने भएपनि बैठकमा समयमा भत्ता पाइने भएकाले त्यसलाई निर्वाचन आयोगले लाभको पद भन्दै उनकोे उम्मेदवारी खारेज गरिदिएको थियो । तर, मेडिकल काउन्सिलको सदस्य पद लाभको पद नभएको भन्दै आयोगको निर्णयविरुद्ध कार्की सर्वोच्च पुगेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार