
सप्तमृत्यरीमा करेन्ट लागे एक जनाको मृत्यु सन नेपाल् इन्स्योरेन्स लहानद्वारा ११ लाख आर्थिक सहयोग
मृतक परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स लहानद्वारा ११ लाखको मृत्यु दाबी भुक्तानी
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शखाको प्रबन्धक महतोद्वारा मृत्यु दाबी भुक्तानी
महेश सिंह सिरहा लहान २४ बैशाख – सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो गोबिन्दपुर बस्ने बुवा मिसर खङ्ग र आमा बुधनी देवी खङ्गको ३२ वर्षिय राजेन्द्र खङ्गलाई विद्युतको लापरबाहीको कारणले गर्दा ११ हजार भोल्टको तारमा करेन्ट लागे घटना स्थलमै मृत्यु भएका छन्।
ग्रामिण भेगमा विद्युत प्राधिकरण सप्तरीले ११ हजार भोल्ट भएको करेन्टको तार भुइँ भन्दा थोरै नजिकै भएकोले युवाको गाउँमै करेन्ट लागेर मृत्यु भएको स्थानीयले बताए।खङ्गलाई एक श्रीमती र एक छोरा र ३ छोरी रहेका छन्।घरको आर्थिक अवस्था निकै कमजोर रहेको स्थानीयको भनाई छ्।
मृतकको श्रीमतीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले बिमालेख नम्बर FE1000079894 भएको र बिमा जारी मिती २०२१/४/१५ गते वैदेशिक रोजगार बिमा र साउदी अरेबियाको लागी श्रम गराएका थिए।
खङ्गलाई करेन्ट लागेको भोलिपल्ट नै उनलेे साउदी अरेबियाको लागी चाईना नेशनल केमीकल इन्जिनियरिङ कन्ट्रक्सन कम्पनी लिमिटेडमा स्किल आईरनलेवरमा वैदेशिक रोजगारको लागी श्रम गराएका थिए। उनलाई स्वदेशमै मृत्यु भएको थियो। मृतक परिवारलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले आर्थिक सहयोग स्वरुप ११ लाख सहयोग गरेका छन्।
प्रतिक्रिया