कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ताले मजदुर र किसानलाई अगाडि सार्नुपर्ने बताउनुभएको छ । नेकपा एमालेकाे तर्फबाट उम्मेदवार रहनु भएकाे गुप्ताले नेपाल उत्पीडित जातीय मुक्ति समाज विजयनगर गाउँपालिका स्तरीय भेला कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभयो ।
आफूले विगत डेढ दशकदेखि सामाजिक क्रियाकलापमा सक्रिय रहि शिक्षा, कृषि लगायत विविध क्षेत्रमा उल्लेखनीय याेगदान पुर्याउकाे दावी गर्नुभयाे । मजदुर किसानले गर्दा क्रान्तिकारीकाे जन्म भएकाे बताउँदै त्यही सर्वहारा वर्गलाई सबैले अपहेलना गर्दै आएकाे जानकारी दिनुभयो । जाति, भाषा लगायत धर्मकाे नाममा यस क्षेत्रमा सम्प्रदायिक विभेद भएकाे उल्लेख गर्नुभयाे उहाँले भन्नुभयो : “जहाँ एमालेकाे सरकार छ त्यहाँ विकास भएकाे छ । अन्त विकासकाे नाममा जनताले महसुस समेत गर्न पाएकाे छैनन् । यसपालि विकासका निम्ति एमाले जसरी नि जित्नुपर्छ । एमाले बहुमतकाे सरकार आए कुनै पनि किसिमको विभेद हुने छैन ।” एमालेले सर्वहारा, असहाय र विपन्न परिवारकाे सहारा बनेकाे उहाँले बताउनुभयो । समुन्नत समाजकाे निर्माण एमाले सरकारकाे विकल्प नरहेकाे बताउँदै हरेक नेपालीकाे पार्टी एमाले रहेकाे समेत गुप्ताले जिकिर गर्नुभयाे । उहाँले आम नागरिकलाई आसन्न मंसिर ४ गते सूर्य चिन्हमा मतदान गरि विजय बनाउन आग्रह समेत गर्नुभयाे ।
यसैबीच कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) प्रदेश सभा सदस्य उम्मेदवार रजाउ रहमान खाँले सबैले रुचाएकाे पार्टी एमाले रहेकाे बताउनुभयो । अरुले २० बर्षसम्म गर्न नसकेकाे काम एमाले सरकारले ३ बर्षमा गरेकाे उहाँले जानकारी दिनुभयाे । अरु राजनीतिक दलका उम्मेदवार व्यक्तिगत स्वार्थमा लिप्त रहेकाे यस क्षेत्रमा पटकपटक सांसद, मन्त्री हुँदा समेत यथास्थिति रहेकाे खाँले स्मरण गराउनुभयाे ।
मुक्ति समाजले बुधबार विजयनगर गाउँपलिकाकाे खडाैँचामा आयाेजना गरेकाे कार्यक्रममा जसपा नेता असनी कुमार चाइ, नेकपा माओवादी केन्द्र विजयनगर गाउँकमिटी उपाध्यक्ष देविराम भट्टराई, नेकपा समाजवादी विजयनगर गाउँपालिका वडा नं ४ का अध्यक्ष सालिक राम वि .क, लोसपा विजयनगर ७ वडा कमिटी अध्यक्ष अमरुल्ला खान, नेकपा समाजवादी वडा नं ४ सदस्य भुमा बस्याल, जसपा वडा नं २ सदस्य गिता वि .क, नेकपा बिप्लबका वडा नं २ का सदस्य रुद्र नारायण थारु एमाले प्रवेश गरेका हुन् ।
यस्तै लोसपा वडा नं २ का सदस्य जुगरुल थारु, राप्रपा वडा नं २ का सदस्य भुइली वि.क, नेकपा माओवादी केन्द्र वडा नं २ का सदस्य भिमलाल सोती, नेकपा माओवादी केन्द्र वडा नं ३ का सदस्य राम प्रसाद घिमिरे, जनमोर्चा बाट पुनम नेपाली, नेकपा माओवादी केन्द्र सदस्य सहविर कुमाल लगायत ५० भन्दा बढी नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमाले पोलिटव्युरो सदस्य बिमला घिमिरेले खादा तथा टिका लगाइ पार्टीमा प्रवेश गराउनु भएको थियाे
प्रतिक्रिया