भरतपुरमा गठबन्धनको चुनावी प्रचारप्रसार सुरु ! Khoj Talash Khabar

 

 

चितवन, १७ कार्तिक । प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ अन्तर्गत गठबन्धनका साझा उम्मेदवार डा. भोजराज अधिकारी र ३९क० प्रदेश सभाका उम्मेदवार डा. सूर्यकान्त घिमिरेले चुनावी घरदैलो अभियान सुरु गर्नुभएको छ ।

 

३ ९क० अन्तर्गत भरतपुर–९ शरदपुरबाट लोकतान्त्रिक–बाम गठबन्धनले चुनावी घरदैलो सुरु गरेको हो । सँगै भरतपुर वडा चुनाव प्रचारप्रसार सचिवालय पनि उद्घाटन भएको छ । यसै सन्दर्भमा जनताको साथ, सहयोग र समर्थनमा आफू निर्वाचित हुने डा। भोजराजले बताउनु भयो । राजनीति गर्न नभई विकास गर्न यहाँ आएकोले जनताले सहयोग गर्ने उहाँले विश्वास लिनुभयो । भरतपुर क्षेत्रमा केही बाँकी रहेको खानेपानी र ढलको समस्या समाधान गर्ने गरी योजना बनाउने उहाँको प्रतिबद्धता छ । सामाजिक सुरक्षाका लागि पनि आफूसँग योजना रहेको उहाँले बताउनुभयो ।

 

यस्तै ३ ९ख० प्रदेशसभाका उम्मेदवार डा. सूर्यकान्त घिमिरेले जनताको चाहाना अनुसार काम गर्ने बताउनुभयो । भरतपुर ९ का स्थानीयसँग चुनावी घरदैलोमा सहभागी हुनुभएको उहाँले जनताको सेवा घरआँगनमा पु¥याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । ५ दलीय लोकतान्त्रिक–बाम गठबन्धन अन्तर्गत प्रतिनिधिसभा चितवन ३ मा नेकपा माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी ३ ९क० मा नेपाली कांग्रेसबाट प्रा डा. सूर्यकान्त घिमिरे र ३ ९ख० मा नेकपा माओवादी केन्द्रबाट ठाकुरप्रसाद ढकाल चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार