कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालका महासचिब ईश्वर दयाल मिश्र (बिरेन्द्र मिश्र) ले आगामी निर्वाचनमा ४० हजार भन्दा बढी मत ल्याएर बिजय हुने दाबी गर्नुभयो । आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मिश्रले शिबराज नगरपालिकाबाट ५० प्रतीशत, महाराजगन्ज नगरपालिकाका ३ वटा वडा बाट ७५ प्रतिशत, बिजयनगर गाउँपालिका बाट ४० प्रतिशत र कृष्णनगर नगरपालिका बाट ५० प्रतिशत मत ल्याएर बिजय हुने बताउनु भयो ।
आज शिबराज नगरपालिकामा निर्वाचन विशेष कोणसभामा बोल्दै मिश्रले यस्तो बताउनु भएको हो । उहाले भन्नुभयो “अबकी बार चालीस हजार पार” । नेता मिश्रले किसानको उत्थान गर्ने पार्टी जनता प्रगतिशील पार्टी नेपाल मात्र रहेको बताउनु भयो । किसानलाई क्रेडिट कार्डको ब्यबस्था, सिचाइको ब्यबस्था र बिउबिजन एवम मलको सजिलै उपलब्धता गराउन आफूले पहल गर्ने र चुनाब पश्चात् नेपाल सरकारले तत्काल किसानको ब्यबस्था नसुनेमा किसान आन्दोलन सुरु गर्ने र किसानका आवाज उठाउने बताउनु भयो ।
यस्तै कोणसभामा बोल्दै जनता प्रगतिशील पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष एवम समानुपातिक उम्मेदवार फरहान इकवान खानले कपिलवस्तुको क्षेत्र नं ३ मा चुनाब नजिते पनि जितेका सांसदले भन्दा बढी बिकास गरेको र बढि बजेटको लागि पहल गरेको दाबी गर्नु भयो ।
यस्तै कार्यक्रममा बोल्दै जनता प्रगतिशील पार्टी नेपालका युवा नेता तथा क्षेत्र नं ३ (२) का प्रदेश सभा सदस्य पदका उम्मेदवार मिर्जा राशिद बेगले १५ बर्ष सम्म यहाँ राज गरेर बसेका सांसदले केही काम नगरेको जिकिर गर्नुभयो । उहाँले यस क्षेत्रमा सुबिधा सम्पन्न अस्पताल र डिग्री कलेज बनाउने जनता प्रगतिशील पार्टीले ग्यारेन्टी गर्ने बताउनु भयो ।
युवा तथा खेलकुद बिकासमा यो क्षेत्र पछाडि परेको भन्दै नेता मिर्जा राशिद बेगले युवालाई रोजगारी र खेलकुदको ब्यबस्था र किसानलाई सिचाइको ब्यबस्था गरिदिने बताउनु भयो ।युवाहरुको रोजगारी र किसानका समस्यालाई प्रमुख प्राथमिकमा राखेको उहाले बताउनु भयो । साथै उहाले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हरुलाई बिजय बनाउन कोदालो लिएको किसान चिन्हमा मतदान गर्न समेत अनुरोध गर्नुभयो ।
प्रतिक्रिया